Logo
Logo

मुलुकको आर्थिक अवस्थाका आधार सेवा सुविधा हुन्छ : राष्ट्रियसभा अध्यक्ष


945
Shares

काठमाडौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको परिस्थिति र आर्थिक अवस्थाका आधारमा कर्मचारीका सेवा सुविधासम्बन्धी विषय सम्बोधन हुँदै जाने बताएका छन् ।

संसद् सेवा दिवसका अवसरमा सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले देशको आर्थिक अवस्थामा सुधार आएसँगै कर्मचारीका माग पनि सम्बोधन हुँदै जाने विश्वास व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले भने, ‘देश विकास र समृद्धितर्फ उन्मुख भएसँगै हाम्रा सेवा सुविधा स्वतः वृद्धि हुँदै जानेछ । गाँठो अर्थमा आएर जोडिएको छ । सेवा गरेपछि सुविधा खोज्नु स्वाभाविक भए पनि जनताको अवस्था पनि हामीले बुझ्न जरुरी छ ।’

आफू कार्यरत संस्थाले प्रदान गरेको कार्य जिम्मेवारको समीक्षा गर्दै व्यहोर्नुपरेको भोगाइ, कमीकमजोरी र आगामी रणनीति अपनाउन आवश्यक रहेको बताउँदै उहाँले विगतका भोगाइ र आजको आवश्यकताबीचको अन्तर पहिल्याउन जरुरी रहेको उल्लेख गरे ।

पूर्वसभामुख तारानाथ रानाभाटले व्यवस्थापिका कमजोर भएमा लोकतन्त्र मात्र नभई समग्र मुलुक नै कमजोर हुने बताए । उनले भने, ‘लोकतन्त्र अझै परिपक्व हुन बाँकी नै छ, लोकतन्त्र र विकासलाई ठोसरूपमा अघि बढाउन सञ्चार क्षेत्रले पनि जिम्मेवार ढङ्गले भूमिका खेल्न पर्छ, संसद् सेवाका कर्मचारी सभ्य, सुसंस्कृत, परिष्कृत र परिपक्व भएमा सदनका काम कारबाही प्रभावकारी हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्