Logo
Logo

काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु


2.9k
Shares

काभ्रे । काभ्रेको बेथानचोकमा बस दुर्घटना भएको छ । प्रहरीका अनुसार बेथानचोकमा भान्जाको व्रतबन्धमा सामेल भएर पनौती फर्कने क्रममा बा ३ ख ४५८५ नम्बरको बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

जिल्लाका अनुसार ३ जनाको घटनास्थलमा र १४ जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

व्रतबन्धबाट रिजर्भ गरेर पनौती फर्किने क्रममा अनियन्त्रित भई पल्टिएको हो ।

प्रतिक्रिया दिनुहोस्