Logo
Logo

धनुषाबाट २६ लाख नगदसहित एक भारतीय पक्राउ


693
Shares

काठमाडौं । धनुषाबाट अबैध रकमसहित एक भारतीय नागिरकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

धनुषाको बिहेद नगरपालिका-९ बाट भारतबाट अवैध रुपमा नेपाल ल्याउदै २६ लाख नगदसिहत भारतको मधुपट्टि-१ विशौल बस्ने उमेश कुमारलाई मंगलबार पक्राउ गरेको हो ।

उनको साथबाट २ लाख नेपाली रुपैयाँ र २४ लाख भारतीय रुपैयाँ गरी जम्मा २६ लाख नगद र नेपाली नं प्लेटको अपाचे मोटरसाइकल फेला परेको छ ।

मोटरसाइकलको ट्याङ्कमा लुकाइछिपाई अवैध रकम नेपाल ल्याउने क्रममा धनुषाको छिन्नमस्ता बाहिनीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

नियनत्रणमा लिएको नगदसिहत आवश्य कारर्वाहीका लागी सम्बन्धीत कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्