Logo
Logo

‘विश्व कीर्तिमानी’ हरि गोपाल र डा सरिशालाई उपराष्ट्रपति पुनद्वारा प्रमाणपत्र प्रदान


2k
Shares

काठमाडौं । फोटोपत्रकार एवं बरिष्ठ गीतकार हरि गोपाल प्रधान र डा. सरिशा श्रेष्ठ (मिस अर्थ २०२२)ले पोखराको साराङकोटमा प्याराग्लाइडिङ्गबाट आफ्नो गीति एल्बल ‘सरर बग्यो हावा सरर’ विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।

१९०० मिटरको उचाईमा एल्बमको पोष्टर गीतका रचनाकार हरि गोपाल प्रधान, मोडल तथा मिस अर्थ नेपाल डा. सरिशा श्रेष्ठका आलावा गायक निर्णय श्रेष्ठ, गायिका सुवानी मोक्तान, ज्येष्ठ नागरिक अभियन्ता आरति पौडेललगायतले एकैसाथ उक्त भिडियो गत २०७९ बैशाख २८ गते विहान १०ः३० बजे बिमोचन गरेका थिए ।

वल्र्ड बुक अफ रेकर्डसको तर्फबाट नेपाल च्याप्टरका अध्यक्ष सागर कट्वालको उपस्थितिमा उक्त कीर्तिमानको विधिवत प्रयास सम्पन्न भएको थियो ।

उपराष्ट्रपतिको कार्यालय, हरित गृहमा आयोजित एक समारोहीच उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यबाट विश्व रेकर्डस्को प्रमाणपत्र कीर्तिमानी वरिष्ठ गीतकार हरि गोपाल प्रधान, डा. सरिशा श्रेष्ठ, सुवानी मोक्तानलगायतका टिमलाई हस्तान्तरण गरिएको छ ।

वल्र्ड बुक अफ रेकर्डस् नेपालका अध्यक्ष सागर कटवाल, हिपहप गायक निर्णय श्रेष्ठले दोसल्ला, वल्र्ड बुक अफ रेकर्डस्को पीन एवं माला लगाई विश्व कीर्तिमानी गीतकार प्रधानलाई सम्मान गरेका थिए ।

उक्त साङ्गितिक एल्बममा निर्णय श्रेष्ठ, गायिका सुवानी मोक्तान, कोरियोग्राफर तथा मोडल विपना थापा र नायिका डा. सरिशा श्रेष्ठ, सिनोमटोग्राफर/सम्पादक सोहन मानन्धर तथा कोरियोग्राफी डाइरेक्सन आराध्यालक्ष्मी खड्गी तथा फोटोग्राफर पद्यसागर कक्षपति रहेका छन् ।

‘विश्वमा कसैले नगरेको कार्य गरि विश्व रेकर्ड बनाउने काम आफैमा गा¥हो काम हो, तपाईहरुले रेकर्ड राखेर नेपालीको शिर ठाडो पार्नुभएको छ’ प्रमाणपत्र हस्तान्तरणपछि उपराष्ट्रपति पुनले भने ।

वल्र्ड बुक अफ रकेर्डस् नेपालका अध्यक्ष सागर कट्वालले वरिष्ठ गीतकार हरि गोपाल प्रधान र अन्य टिमको अथक मेहनत र प्रयासबाट यो रेकर्ड बन्न सफल भएको भन्दै हरेक पाइलामा साथ दिने प्रतिवद्धता व्यक्त गरे ।

एल्बममा गायिका ओरिजिनल गायिका सरिता अधिकारी, संगीतकार किशोर खतिवडा, वरिष्ठ संगीत एरेन्जर, अमूल कार्की ढली, रेकर्डीस दीप तुलाधर, फोटोपत्रकार पद्यमसागर कक्षपति, जर्नादन अर्याल, ड्रेस डिजाइनर तुल्सी प्रजापति, कुसुम श्रेष्ठ, मोडेल कलाकारमा विविता पाण्डे, श्रीकृति बलामी, निरिस्मा डली, झरना रेग्मी, सुनिता खड्का, कृति बलामी, एरेन्जमेन्टमा बालकृष्ण थारु प्रोडक्सन मेनेजर निकेश सुवेदी, सागर श्रेष्ठ र निर्माता शब्दयात्रा प्रकाशन, बनेपाको संलग्नता रहेको छ ।

उक्त कार्यक्रममा नेपालमै पहिलो क्यान्सरको औषधि उत्पादन गर्ने कम्पनीका संस्थापक शैलेश बैद्यलाई ‘एक्सिलेन्स’ प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्