Logo
Logo

देउवालाई फकाउँदै पौडेलले भने- मलाई दलको नेता चुनिन सहयोग गर्नुस्


2.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेले भावी प्रधानमन्त्रीको रुपमा दावी गर्दै आएको छ । यसैक्रममा पौडेलले बुधबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटका छन् । प्रधानमन्त्री निवासमै पुगेर उनले देउवासँग आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गरेका हुन् ।

बालुवाटार स्रोतका अनुसार देउवा र पौडेलबीच करिब एक घण्टा ‘वान टु वान’ भेटवार्ता भएको थियो । सोक्रममा पौडेलले देउवासँग आगामी बन्ने सरकारको प्रधानमन्त्री बनाउन आग्रह गरेका थिए ।

पौडेलले आफूले गिरिजाप्रसाद कोइरालाको पालादेखि नै नेपाली कांग्रेसका लागि संघर्ष गर्दै आएको स्मरण गराउँदै देउवासँग भने, ‘मेरो भूमिकालाई न्याय गर्दै मलाई संसदीय दलको नेता चुनिन सहयोग गर्नुस् ।’

वर्तमान गठबन्धनको निर्माण गर्न र टिकाउनमा आफ्नो पनि महत्वपूर्ण भूमिका रहेको समेत बताउँदै भने, ‘म प्रधानमन्त्री बन्दा सबैले स्वीकार्ने पनि छन् ।’ तर, पौडेलको आग्रहलाई देउवाले कुनै जवाफ नदिएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्