Logo
Logo

काठमाडौंमा माओवादीको जनप्रतिनिधि शून्य


567
Shares

काठमाडौं । काठमाडौंमा नेकपा माओवादी केन्द्रको जनप्रतिनिधि शून्य भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेको काठमाडौंमा माओवादीले समानुपातिकतर्फ पनि प्रतिनिधि नपठाउँदा शून्य भएको हो ।

निर्वाचन आयोगले समानुपातिकको सांसदहरूको अन्तिम नामावली सार्वजनिक गरेसँगै देशको संघीय राजधानी काठमाडौंबाट मात्र ५२ जना सांसदले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने भएका छन् । तर प्रत्यक्षमा १४ र बागमती प्रदेशमा २१ सिट समानुपातिकमा प्राप्त गरेपनि काठमाडौंबाट प्रतिनिधित्व शून्य भएको हो ।

१० प्रतिनिधि तथा २० प्रदेशसभासहित ३० वटा प्रत्यक्ष निर्वाचन क्षेत्र रहेको काठमाडौँ जिल्लामा थप २२ जना विभिन्न राजनीतिक दलको तर्फबाट समानुपातिक सांसद बनेका छन् । प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले ३, नेकपा एमालेले २ र राष्ट्रिय स्वतन्त्र पार्टीले ३ गरी ८ जनालाई काठमाडौंबाट सांसद बनाएको थियो । यो सँगै प्रतिनिधिसभाबाट मात्र काठमाडौंले १८ जना सांसद पाएको थियो ।

निर्वाचन आयोगले बुधवार समानुपातिक तर्फको अन्तिम नामावली सार्वजनिक गरेपछि काठमाडौंबाट प्रतिनिधिसभामा २० र प्रदेशतर्फ १४ जनाले अवसर पाएका छन् । प्रत्यक्षतर्फ २० सिट अनिवार्य रकेको काठमाडौंले समानुपातिकतर्फ १४ जना सांसद पाएसँगै प्रतिनिधिसभा गरी ५२ जना सांसद पाएको छ ।

प्रदेशको समानुपातिकतर्फ कांग्रेसले ६ जना, एमालेले ४ जना, एकीकृत समाजवादीले १, राप्रपाले २ र हाम्रो नेपाली पार्टीले १ जना काठमाडौंबाट प्रतिनिधित्व गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्