Logo
Logo

स्वयम्भुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


252
Shares


काठमाडौं । काठमाडौं महानगरपालिका–१५ स्वयम्भूमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।


बा.१ प ७६३ नम्बरको पर्यटक बस र बाग्मती प्रदेश ०२–०१८ प ४९४० नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुली मरिण गाउँपालिका–३ बस्ने २२ वर्षीय निर्मल लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वयम्भु–हलचोक क्षेत्रमा पछिल्लो समय दुर्घटना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्