Logo
Logo

अध्यादेश ल्याएर सरकारले अपराधीलाई छुट दिन खोज्दैछ : भीम रावल


693
Shares

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन् । सरकारले फौजदारी क्रियाकलाप गर्नेलाई छुट दिन सरकारले अध्यादेश ल्याएको समेत उनले आरोप लगाए ।

काठमाडौंमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारको कदमले देशलाई कुशासनको बाटोमा धकेलेको टिप्पणी गरेका छन् ।

‘कुनै एउटा व्यक्तिले भोलि फौजदारी क्रियाकलाप गर्ने अनि एउटा राजनीति दल खोलेर सरकारसँग सम्झौता गरेर आफ्ना अपराधका क्रियाकलापबाट मुक्त हुने त्यो बाटो यो अध्यादेशले खोल्नेछ’ उनले भने, ‘मेरो कुनै दलसँग पूर्वाग्रह छैन । कुन व्यक्ति छुट्छ छुट्दैन भन्ने बिषय होइन । तर, यो विषय देश कानुनबाट चल्छ कि चल्दैन भन्ने हो ।’

उनले सबै राजनीतिक दलहरु निर्वाचनमा भाग लिएकाले कोही हिंसात्मक बाटोमा नलागेको बताउँदै सरकारले ल्याएको अध्यादेश फिर्ता लिनुपर्ने बताए ।

‘देउवाजी अहिले छैटौैं पटक प्रधानमन्त्री बन्ने प्रयासमा हुनुहुन्छ’ उनले भने, ‘उहाँको यस्तो कदमले अबको प्रधानमन्त्रीत्वकाल कति कुशासनयुक्त र स्वच्छाचारी हुनेछ भनेर दिनु ठहर्नेछ ।’ उनले सोही क्रममा निर्वाचनमा समानुपातिक प्रणाली खारेज गर्नुपर्ने समेत धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्