Logo
Logo

कांग्रेस सुदूरपश्चिममा दलको नेता बन्न तँछाड-मछाड


630
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रमा मात्र होइन, प्रदेशमा समेत दलको नेता बन्न नेताहरूकाे तँछाड मछाड छ । निर्वाचन सम्पन्न भएसँगै कांग्रेसमा संसदीय दलको नेता बन्न सभापति शेरबहादुर देउवादेखि महामन्त्री गगन थापासम्मले लाइन मारिरहेका छन् ।

यस्तै, सुदूरपश्चिम प्रदेशमा पनि नेपाली कांग्रेसका संसदीय दलको नेता बन्न आधा दर्जन भनदा बढी नेता अगाडि सरेका छन् । सुदूरपश्चिम प्रदेशमा अहिले कांग्रेसका आधा दर्जन प्रदेशसभा सदस्यहरु संसदीय दलको नेताका लागि शक्ति केन्द्र धाइरहेका छन् ।

जसमा कञ्चनपुर निर्वाचन–२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित बहादुरसिंह थापा, कञ्चनपुरकै निर्वाचन–१ (२) बाट निर्वाचित दिवानसिंह बिष्ट, कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्रीसमेत रहेका अछाम निर्वाचन–नं. १(१)बाट प्रदेशसभा सदस्य निर्वाचित मेघराज खड्का, कैलाली निर्वाचन क्षेत्र–(१) बाट निर्वाचित कमलबहादुर शाह, कैलाली निर्वाचन क्षेत्र–४ (२) बाट निर्वाचित प्रकाशबहादुर बम र कैलाली निर्वाचन–५ (२) बाट निर्वाचित प्रकाशबहादुर देउवा संसदीय दलको नेता बन्ने दौडधुपमा जुटेका छन् ।

यस्तै, कञ्चनपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित कांग्रेसका बहादुरसिंह ले आफू मुख्यमन्त्रीको आकांक्षी रहेको बताउँदै आएका छन् । २०७० मा संविधानसभा सदस्य बनेका कञ्चनपुर कांग्रेसको ३ कार्यकाल सभापति भइसकेकाले उनले आफू मुख्यमन्त्रीको दावी गर्नु स्वाभाविक रहेको बताउँछन् ।

यस्तै, कैलाली निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित कमलबहादुर शाहले संसदीय दलको नेताको दाबी गर्दै आफू निर्वाचनअघिदेखि नै मुख्यमन्त्रीको दाबेदार रहेको बताए । पार्टीमा सबैको लगानी रहेको भन्दखै उनले आफू विद्यार्थी कालदेखि निरन्तर इमानदारिताका साथ कांग्रेसमा रहेको बताए ।

यस्तै, सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता बन्ने दौडमा रहेका मेघराज खड्काले पार्टीले मूल्यांकन गरेको अवस्थामा आफूले जिम्मेवारी निर्वाह गर्न सक्ने बताउँछन् । उनी कांग्रेसका सुदूरपश्चिम महामन्त्रीसमेत हुन् ।

प्रतिनिधिसभामा आकांक्षी रहेर पनि गठबन्धनका शीर्ष नेताले मुख्यमन्त्री बनाउने समझदारीका कारण प्रदेशसभाको निर्वाचन लडेका दिवानसिंह विष्ट पनि दलको नेता बन्न चाहन्छन् ।

यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजासमेत रहेका कैलाली–५ (२)बाट निर्वाचित प्रकाश देउवाको नाम समेत संसदीय दलको नेताको रुपमा चर्चामा छ । तर, उनी गठबन्धनभित्र अझै टुङ्गो नलागेकाले अझै दाबी गर्ने बेला भइनसकेको बताउँछन् ।

नेपाली कांग्रेसको केन्द्रमा संसदीय दलको नेताका आकांक्षी धेरै भएकाले चुनाव गर्ने तयारी गरिएको छ । कांग्रेसले संघमा पुस ३ गतेपछि मात्र संसदीय दलको नेता चुन्न प्रक्रिया अगाडि बढाउने भएको छ ।

यस्तै, प्रदेशमा पनि दलको नेताका लागि २ भन्दा बढी आकांक्षी रहेकाले आन्तरिक निर्वाचनमा जाने सम्भावना रहेको बताइन्छ । तर, सहमतिबाटै दलको नेता चुन्न पहिलो प्राथमिकता दिइने सुदूरपश्चिमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्