Logo
Logo

महन्द्रको शालिकमा माल्यार्पण


504
Shares

काठमाडौं । प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गरेको दिन (पुस १ गते) का रुपमा स्मरण गरिएको छ ।

यस दिनलाई प्रजातन्त्रमाथि ‘कू’ भएको दिनको रुपमा हेर्ने गरिएको छ । तर, राजावादीहरुले महेन्द्रले देशको हितमा काम गरेको भन्दै उनको शालिकमा माल्यार्पण गरेका छन् ।

काठमाडौंको दरवारमार्गमा रहेको शालिकमा माल्यार्पण गर्न पुगेका राजावादीहरुले देश बिखण्डको बाटोमा रहेको र एकताको आवश्यकता रहेको भन्दै अहिले महेन्द्रको दर्शन खाँचो रहेको धारणा राखे । महेन्द्र राजनीतिद्वारा देशमा व्यवस्था परिवर्तन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

तत्कालीन समयमा तरुण दलको कार्यक्रममा सहभागी भइरहेका बेला प्रधानमन्त्री कोइराला लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलको बन्दीगृहमा बन्दी बनाइएको थियो ।

कालो दिनको रुपमा स्मरण गरिने पुस १ गतेको घटनापछि बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन लगायतसमेत सुन्दरीजल बन्दीगृहमा थुनेका थिए ।

प्रतिक्रिया दिनुहोस्