Logo
Logo

जबरासँग नाम जोडिएको समाचारप्रति मन्त्रिपरिषद्का पूर्वअध्यक्षको आपत्ति


10.7k
Shares

काठमाडौँ । निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीको नाम जोडेर समाचार प्रकाशित भएकोप्रति उनको सचिवालयले आपत्ति जनाएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेयले समाचारमा प्रकाशित कतिपय अंशबारे स्वयं मन्त्रिपरिषद्का पूर्व अध्यक्षले यसअघि नै धारणा सार्वजनिक गरिसकेको अवस्थामा सोही विषयलाई पुनः दोहोर्याई तेहेर्याई फरक रुपमा नकारात्मक सन्देश दिने गरी समाचार प्रकाशित गरिएको बताएका छन् । 

तथ्य नै फरक पर्ने र परिणामतः लाञ्छित भएको अनुभूति हुने गरी समाचार प्रकाशित हुनु अशोभनीय मात्र नभएर पत्रकार आचार संहिताको बर्खिलापमा समेत रहेको विज्ञप्तिमा उल्लेख छ ।

रेग्मीको सचिवालयले जारी गरेको विज्ञप्ति–

प्रतिक्रिया दिनुहोस्