Logo
Logo

घरेलु हिंसाको मुद्दामा प्रहरी प्रशासन संवेदनशील भएन : मधेशी आयोग


441
Shares

काठमाडौं । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले घरेलु हिँसा र लैङ्गिक हिँसाको मुद्दामा प्रहरी–प्रशासन हुनुपर्ने जति संवेदनशील नभएको बताएका छन् ।

ओरेक–नेपालद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष डा.दत्तले नेहा चौधरीको घटनामा प्रहरी प्रशासनले पहिले नै संवेदनशील भएर चासो लिएको भए अहिले पीडितले न्याय पाउनको लागि सडक आन्दोलन गर्नु नपर्ने बताए ।

कार्यक्रममा उठेका प्रश्नको जवाफमा अध्यक्ष डा.दत्तले नेहा चौधरीको घटनामा आयोगले उजुरी प्राप्त हुनेबित्तिकै प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी अनुसन्धान गर्न भनेको केही दिनपछि सो मुद्दा अदालतमा गएको हुनाले संवैधानिक निकायले त्यसमा हस्तक्षेप गर्न नमिल्ने समेत बताए ।

उनले नेहा चौधरीको घटनामा सडक आन्दोलन गर्दा बालबालिकाको दुरुपयोग समेत भएको बताउँदै आयोगबाट छिटै स्थलगत अनुसन्धान गर्न एउटा टोली पठाउने बताए । सो घटनालाई आफूले नजिकबाट नियालिरहेको भन्दै महोत्तरी गएर सम्बन्धित प्रहरी र प्रशासन प्रमुखलाई फास्ट ट्रयाकबाट अनुसन्धान गर्न निर्देशन दिने कार्यक्रम रहेको उनको भनाइ छ । कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोग, इन्सेक लगायतका संस्थाहरुको प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्