Logo
Logo

रामेछापमा गाडी दुर्घटना, ९ जना घाइते


819
Shares

रामेछाप । रामेछापमा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । उमाकुण्ड गाउँपालिका-७ एकराते छागा स्थित दुरागाउँबाट भुजितर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शनिबार दिउँसो पौने १२ बजे बा ११ च ७५९१ नम्बरको गाडी आफैं अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका तीन जनालाई अन्नपूर्ण हेलिकप्टरमार्फत काठमाडौं ल्याएको छ ।

प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका(१ कोटेगाउँका ३२ वर्षीया बिमला सुनुवार, चालक ३९ वर्षीय विमल सुनुवार र ३४ वर्षीय राजन भन्ने राजकुमार थापालाई काठमाडौं ल्याइएको हो । अरूको उपचारको लागि मन्थली अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्