Logo
Logo

यस्तो छ क्रोएसियाको विश्वकप यात्रा


1k
Shares

काठमाडौं । क्रोएसिया कतारमा जारी विश्वकप फुटबल-२०२२ मा तेस्रो भएको छ । शनिबार राति खलिफा रंगशालामा भएको खेलमा मोरक्कोलाई २–१ गोलान्तरले हराउँदै क्रोएसियाले विश्वकप-२०२२ काे कास्य पदक जितेको हो ।

सन् २०१८ को विश्वकपमा क्रोएसिया उपविजेता बनेको थियो । शनिबार राति भएको खेलमा क्रोएसियालाई जित दिलाउन जोस्को ग्वार्डियोल र मिस्लाभ ओर्सिकले गोल गरे । मोरक्कोको लागि अचरफ दारीले गोल फर्काए ।

सातौं मिनेटमा ग्वार्डियोलले हेडर गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । त्यसको २ मिनेटमै नै दारीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । यो दारीको पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

ओर्सिकले ४२ औं मिनेटमा गोल गर्दै क्रोएसियालाई २–१ अघि बढाए । अन्तिम सेकेन्डमा मोरक्कोले बराबरी गोल गर्ने मौका गुमाएको थियो ।

सन् १९८६ मा अन्तिम १६ सम्म पुगेको मोरक्कोले जारि विश्वकपमा पहिलो पटक सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र बनेर इतिहास रचेको थियो । सन् २०१८ मा दाेस्रो भएको क्रोएसियाले त्यसअघि समूह चरण पार गर्न सकेको थिएन ।

ग्रुप स्टेज
२३ नोभेम्बर
मोरोक्को–०
क्रोएसिया–०

२७ नोभेम्बर
क्रोएसिया–४
क्यानेडा–०

१ डिसेम्बर
क्रोएसिया–०
बेल्जियम–०

राउण्ड अफ १६
५ डिसेम्बर
जापन–१ (१)
क्रोएसिया–१ (३)

क्वाटर फाइनल
९ डिसेम्बर
क्रोएसिया–१(४)
ब्राजिल–१ (२)

सेमिफाइनल
१४ डिसेम्बर
अर्जेन्टिना–३
क्रोएसिया–०

फाइनल
१७ डिसेम्बर
मोरोक्को–१
क्रोएसिया–२

प्रतिक्रिया दिनुहोस्