Logo
Logo

सरकार गठनको प्रक्रियाबाट एमाले भाग्दैन : गोकर्ण विष्ट


756
Shares

बुटवल । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले एमालेले सरकारमा सामेल हुने विषयलाई प्राथमिकताको विषय नबनाएको बताएका छन् ।

आइतबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै पूर्वमन्त्रीसमेत रहेका बिष्टले भने, ‘सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय होइन तर, सरकार गठनको प्रक्रियाबाट एमाले भाग्दैन ।’

उनले लोकतन्त्रको मर्यादा र भूमिकालाई कायम राख्दै संसदीय अभ्यासलाई सम्मान गर्ने बताउँदै सबै प्रक्रियाबाट टाढा नहुने बताए ।

हालै सम्पन्न निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बिष्टले एमालेलाई दिएको जनमत प्रतिपक्षमा बस्नको लागि भएकाले सत्तामा बस्नका लागि अवाञ्छित गतिविधि गर्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पारे ।

उनले अहिलेको यो निर्वाचनले वाम आन्दोलन, राष्ट्र र जनताको हितको लागि महत्वपूर्ण सन्देश दिएको भन्दै एमालेले जनताको त्यो म्यान्डेटलाई शिरमा राखेर काम गर्ने बताए ।

राष्ट्रियता, स्वतन्त्रता स्वाधिनताको अपमान गर्ने, समृद्धिको हितविपरीत लाग्ने तथा दक्षिणपन्थीसँग गठबन्धन गर्नेहरूसँग गठबन्धन गरेर सरकार बनाउन आफूहरू नलाग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्