Logo
Logo

प्रि-ओपन सेसनमा १.०४ अंकले बढ्यो नेप्से


315
Shares

काठमाडौं । प्रि–ओपन सेसनमा आइतबार सेयर काराेबार परिसूचक नेप्से १.०४ अंकले उकालो लागेको छ । यससँगै नेप्से सूचक १८८३.६५ विन्दुमा पुगेको छ ।

१७ कम्पनीको ६ लाख २९ हजार ५३६ रुपैयाँको सेयर कारोबार हुँदा कुल एक हजार ६६५ कित्ता सेयर खरिद बिक्री भएको छ ।

यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ८ वटाको मूल्य घटेको छ । यता एक कम्पनीको सेयर खरिद स्थिर छ ।

१३ उपसूचकहरुमा ३ कम्पनीकाे सामान्य वृद्धि भएको छ, र दुइ कम्पनीकाे सूचक ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्