Logo
Logo

सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढ्यो


567
Shares

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) पहेँलो धातु सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवशायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढको हो । आइतबार बढेको भाउसहित छापावाल सुन प्रतितोला एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापवाल सुन प्रतितोला ९९ हजार ९ सयमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ कारोबार मुल्य तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन तेजावी सुन ९९ हजार चार सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० ले वृद्धि भई प्रतितोला एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्