Logo
Logo

मेस्सीको यो अन्तिम विश्वकप, सम्पति कति छ ?


8.2k
Shares

काठमाडौं । अर्जेन्टिना टिमका कप्तान लियोनेल मेस्सीका लागि विश्वकप खेल आजबाटै टुंगिँदैछ । ३५ वर्षीय खेलाडी मेस्सीले यो नै आफ्नो लागि अन्तिम विश्वकप हुने घोषणा गरिसकेका छन् ।

मेस्सीको कप्तानीमा अर्जेन्टिना टिम फिफा विश्वकप २०२२ को फाइनलमा पुगेको छ । मेस्सीको यो नै अन्तिम विश्वकप खेल भएकाले उनका प्रशंसकहरु अर्जेन्टिनाले उपाधि जितोस् भन्ने चाहन्छन् । आज राति हुने विश्वकप फाइनलमा अर्जेन्टिनाले फ्रान्सको सामना गर्दैछ, जो साविक विजता पनि हो ।

विलासी मेस्सी

मेस्सीले विश्वकपबाट विदा लिँदै गर्दा उनको चर्चा विश्वभर भइरहेको छ । विश्व कपमा गोल्डेन बुटको दौडमा बलियो दाबेदार मेस्सी मैदानभन्दा बाहिर निकै विलासी जीवन जिउँछन् । मेस्सीसँग विश्वभर २३ मिलियन पाउन्ड मूल्यको आलिशान बंगला छ ।
गोल डटकम तथा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार मेस्सीको कूल सम्पत्ति ४०० मिलियन डलर छ । उनी फोब्र्स पत्रिकाको सबैभन्दा धेरै कमाउने खेलाडीको शीर्ष सूचीमा पर्छन् । उनको कमाई १३० मिलियन डलर (१७ अर्ब रुपैयाँ) छ ।

मेस्सीसँग विश्वभरीका चार स्थानमा आलिशान बंगला छ । सबैभन्दा महँगो बंगला स्पेननजिकै इबिजा आइल्याण्डमा छ । यसको मूल्य ९.५ मिलियन पाउन्ड (१ अर्ब ५३ करोड रुपैयाँ) रहेको बताइन्छ ।

मेस्सीसँग ५.५ मिलियन पाउन्ड (८८ करोड रुपैयाँ) मूल्यको एउटा बंगला बार्सिलोनामा समेत छ । यो निकै शानदार स्थानमा अवस्थित छ जो क्याम्प नाउ स्टेडियमभन्दा १२ किलोमिटर टाढा छ । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजो र उनका तीन सन्तानलाई यो भवन असाध्यै मनपराउँछन् । यसमा एउटा सानो फुटबल पिच, एउटा स्विमिङ पुल, एक इनडोर जिम र एक खेल मैदान छ ।

अमेरिकाको मियामीमा पनि मेस्सीले एउटा अपार्टमेन्ट किनेका छन् जसको मूल्य ५ मिलियन पाउन्ड ( ८० करोड रुपैयाँ) छ । यो अपार्टमेन्टबाट समुद्रको शानदार दृश्य देखिन्छ । यो अपार्टमेन्टमा चार बेडरुम र चार बाथरुम छन् । मेस्सीको आफ्नो देश अर्जेन्टिनामा पनि एउटा बंगला छ । रोसारियोस्थित यो बंगलाको मूल्य ३ मिलियन पाउन्ड (४८ करोड रुपैयाँ) हो ।

अन्तर्राष्ट्रिय मिडिया रिपोर्टहरुका अनुसार उक्त घरमा २०–२५ वटा कोठा र एउटा सिनेमा हल छ भने एउटा जिम, अन्डर ग्राउन्ड ग्यारेज रहेको छ ।

प्रतिक्रिया दिनुहोस्