Logo
Logo

राष्ट्रपतिद्वारा सरकार गठनका लागि आह्वान, ७ दिन समय


2k
Shares

फाइल फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरोका हुन् ।

‘प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९।९।१० गते आइतबार १७ बजेभित्र दावी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आह्वान भएको व्यहोरा अनुरोध छ’, राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिले आह्वान गरेसँगै नयाँ सरकार गठनका लागि बाटो खुलेको छ । अब दुई वा दुईभन्दा धेरै दलहरुको सहकार्यमा सरकार गठन हुने छ । यदि, दलहरुबीच सरकार गठनका लागि सहमति जुट्न नसके राष्ट्रपतिले संसदको सबैभन्दा ठूलो दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्