Logo
Logo

माधव, महन्थ र वामदेवबीच भेटवार्ता


2.5k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेकपा एकता अभियानका संयोजक वामदेब गौतमबीच भेटवार्ता भएको छ ।

नेताद्धय ठाकुर र गौतम अध्यक्ष नेपाललाई भेट्न एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका हुन् । उनीहरुबीच नयाँ सरकार गठन र सम्भावित सहकार्यबारे छलफल भएको उपमहासचिव गंगालाल तुलाधरले बताए ।

उनका अनुसार भेटमा मुलुक अहिले अस्थिरतातर्फ जान लागिरहेकाले राष्ट्रिय राजनीतिमा भूमिका खेल्न अध्यक्ष नेपालसँग ठाकुर र गौतमले आग्रह गरेका थिए । उनीहरुको भेटमा सम्मानित नेता झलनाथ खनाल पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्