Logo
Logo

दलको नेता चुन्न एकीकृत समाजवादीको बैठक बस्दै


630
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ ।

संसदीय दलको नेता चयन गर्न एकीकृत समाजवादीले आज दिउँसो १ः३० बजेका लागि बैठक बोलाएको हो । पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई पार्टी कार्यालय आलोकनगर बोलाएको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । त्यसैगरी आजै पार्टीको सचिवालय बैठक पनि बस्दै छ ।

प्रतिनिधिसभामा १० सिट जितेको एकीकृत समाजावादीबाट अध्यक्ष माधवकुमार नेपाल संसदीय दलको नेता निर्वाचित हुने भएका छन् । अध्यक्ष नेपाल बाहेक यस पार्टीमा दलको नेता अरुले दाबी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्