काठमाडौं, २७ भदौ
राष्ट्रसंघ अन्र्तगत हाइटीमा खटिएको नेपाल प्रहरीको एफपियू मिसन बन्द भएको ६ महिना भइसकेको छ । तर, प्रहरीले ६ महिनाको तलब र शोधभर्ना अझै पाएको छैन । ६ महिनाको तलब र सोशभर्ना करिब ३० करोड रुपैयाँ बराबर रहेको स्रोत बताउँछ ।
हाल राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत सुडानमा रहेको नेपाल प्रहरीको एउटा मात्र एफपियूका १८० जनाले पनि करिब ११ महिनाको तलब तथा शोधभर्ना पाएका छैनन् । उनीहरूको तलब मात्र मासिक दुई लाख ५७ हजार डलर हुन्छ । एक वर्षको अवधिमा सामानको करिब १८ लाख डलर लिनुपर्ने अवस्था छ । नेपाल प्रहरीले राष्ट्रसंघबाट लिनुपर्ने रकम करिब एक अर्ब रुपैयाँ पुगिसकेको छ । सुडानको एफपियू पनि यही टोली अन्तिम हुने सम्भावना रहेको प्रहरी अधिकारीले बताए ।
अमेरिकाले राष्ट्रसंघलाई दिने बजेट कटौती गरेपछि राष्ट्रसंघ आर्थिक संकटमा परेको हो । जसको असर नेपाललाई समेत परेको छ ।