Logo
Logo

वामपन्थी शक्तिलाई एकताबद्ध गर्ने एकीकृत समाजवादीको निर्णय


33.5k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले समान विचार भएका राजनीतिक दलसँग एकताबद्ध भएर बलियो सशक्त कम्युनिष्ट पार्टी निर्माण गर्ने भएको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आइतबार बसेको सचिवालय बैठकले स–साना छरिएका कम्युनिष्ट पार्टी, वामपन्थी शक्तिका साथै समान राजनीतिक दृष्टिकोण भएका समूहलाई एकजुट गर्ने निर्णय गरेको हो । बैठकमा सत्ता गठबन्धनलाई एकताबद्ध गरी साझा उम्मेदवारको नेतृत्वमा सरकार निर्माण गर्ने विषयमा छलफल गरिएको छ ।

निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको चुनावी समीक्षा, मुलुकको समसामयिक राजनीतिक अवस्था तथा आगामी दिनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे पनि छलफल गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्