Logo
Logo

विश्व विजेता भएपछि मेस्सीकाे प्रतिक्रिया- विश्वास गर्न सकिरहेको छैन


3.8k
Shares

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले आफ्नो लामो समयदेखिको सपना पुरा भएको भन्दै खुशी व्यक्त गरेका छन् । पहिलो पटक विश्वकप फुटबलको उपाधि उचालेपछि सामाजिक सञ्जालमार्फत उनले यो विजय आफूलाई विश्वास गर्न समेत कठिन भइरहेको बताएका छन् ।

मेस्सीले जितको श्रेय सम्पूर्ण टिमलाई दिएका छन् । उनले भनेका छन्, ‘कयौंपटक मैले यसको सपना देखेको थिएँ । मैले यति धेरै चाहेको थिएँ कि म विश्वास गर्न सकिरहेको छैन । मेरो परिवारलाई, मलाई समर्थक गर्ने सबैलाई र हामीलाई विश्वास गर्ने सबैलाई धेरै धेरै धन्यवाद छ । हामीले फेरि प्रमाणित ग¥यौँ, जब हामी अजेन्टिनाइनहरु मिलेर लड्छौँ र एकताबद्ध हुन्छ, हामी आफ्नो लक्ष्य हासिल गर्न सक्षम हुन्छौं । हामी एउटै सपनाका लागि लडिरहेका थियौँ र हामी सफल भयौँ । यहाँबाट अर्जेन्टिना अघि बढ्छ । हामी तपाईँसँग चाँडै भेट्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस्