Logo
Logo

को प्रधानमन्त्री बन्नेबारे छलफल भएकै छैन : प्रचण्ड


1.1k
Shares

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनभित्र प्रधानमन्त्री चयनका लागि छलफल भइनसकेको बताएका छन् । सोमबार चितवन आएका पुगेका अध्यक्ष प्रचण्डले अहिलेसम्म को प्रधानमन्त्री बन्ने भन्नेबारे गठबन्धनमा छलफल गर्नै बाँकी रहेको बताएका हुन् ।

उनले भने, ‘देशको नेतृत्व गर्ने अवसर पायो भने जिम्मेवारी लिने कुरा त मैले गरेको छु । तर, तपाईंहरूले सुनेजस्तो प्रधानमन्त्रीमा दाबी भनेर गठबन्धनभित्र औपचारिक रूपमा कुरा सुरू भएको छैन ।’

माओवादीले नेकपा एमालेसँग गठबन्धन गर्न लागेको हो ? भन्ने प्रश्नमा उनले त्यस्तो कुनै प्रक्रिया नभएको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘जसरी प्रचार भएको छ त्यस्तो स्थिति होइन । स्वभाविक रूपले निर्वाचनपछि सबै राजनीतिक दलका बीचमा छलफल चलेको छ ।’ उनले नयाँ आएका पार्टीहरूसँग पनि छलफल चलिराखेको बताए ।

उनले भने, ‘कांग्रेस र एमालेबीच कुरा भइरहेको छ । कुरा हुने कुराले नै टुंगो र निष्कर्षमा पुग्यो भन्न हुन्न । गठबन्धन नै कायम रहन्छ ।’ उनले अहिलेसम्म को राष्ट्रपति बनाउनेबारे पनि गठबन्धनभित्र छलफल नभएको बताए । ‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत पद प्याकेजमै सहमति गरिने छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्