Logo
Logo

मिस वर्ल्डले कतारमा रंगशाला निर्माण गर्दा मृत्यु भएका नेपालीका परिवारलाई सहयोग गर्ने


6.9k
Shares

काठमाडौं । कतारमा विश्वकप फुटबलका लागि रंगशाला निर्माण गर्ने क्रममा मृत्यु हुने नेपालसहित अन्य मुलुकका आप्रवासी कामदारको परिवारलाई विश्वसुन्दरी प्रतियोगिताले सहयोग गर्ने भएको छ ।

मिस वर्ल्डका सहअध्यक्ष दीपेन्द्र गुरुङले संस्थाको सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत कतारमा रंगशाला निर्माणका क्रममा ज्यान गुमाउने एक हजारभन्दा बढी नेपाली कामदारका परिवारलाई सघाउने बताएका हुन् ।

विश्वकपको फाइनल खेल हेर्न दोहा पुगेका उनले इन्स्टाग्राम पोस्टमार्फत मिस वर्ल्डको आगामी ७१ औं संस्करणको ब्युटी विथ पर्पस कार्यक्रममार्फत मृतक कामदारका बालबच्चा, विधवा र बाबुआमालाई सम्बोधन गरिने जनाएका छन् ।

ब्युटी विथ पर्पस परियोजना विश्वसुन्दरी प्रतियोगिताको महत्वपूर्ण सबटाइटल तथा सामाजिक कार्यक्रम हो । यो परियोजना अन्तर्गत रहेर विश्वसुन्दरी प्रतियोगिताका प्रतिस्पर्धीले सामाजिक कार्य गर्दै आएका छन् ।

रंगशाला निर्माणमा खटिएका नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र फिलिपिन्सका आप्रवासी कामदारका परिवारलाई सघाउने उनले जनाएका छन् । ‘ज्यान गुमाउने कामदारप्रति नेपाल सहानुभूति व्यक्त गर्छ,’ उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्