Logo
Logo

डिआइजीकै मिलेमतोमा तस्करी


2.2k
Shares

काठमाडौं । अर्थ मन्त्रालयले राजश्व घटेको भन्दै सीमा क्षेत्रको तस्करीमा कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । तर, सुरक्षा निकायहरु भने सेटिङमा व्यस्त छन् । चुनावको मौकामा संगठित रुपमा तस्करी हुँदा राजश्व घटेको स्रोत बताउँछ ।

एक नम्बर प्रदेश र मधेस प्रदेशका केही नाकाबाट व्यापक तस्करी भएको गृह मन्त्रालयको रिपोर्ट छ । झापाको काकडभिट्टा, मोरङको जोगबनी, सप्तरीको तिलाठी, सिरहाको माडर, महोत्तरीको सम्सी नाकाबाट सुरक्षा निकायको मिलेमतोमा तस्करी भएको छ । बारा, पर्सा, रौतहटका केही नाकाबाट समेत तस्करी रोकिएको छैन ।

काकडभिट्टाबाट बिओपी काकडभिट्टाकै मिलेमतोमा तस्करी धन्दा चलेको हो । बाहिनीपति डिआइजी कमल गिरिको संरक्षणमा इन्सपेक्टर निर्मल बस्नेतले लाइन मिलाएको स्रोत बताउँछ । माओवादी केन्द्रका अध्यक्ष प्रचन्डको बडिगार्ड बसेकै आधारमा त्यहाँ गएका बस्नेत र जोगबनी पुगेका इन्सपेक्टर बुद्ध श्रेष्ठ नेताहरुकै पावरमा लाइन खुलाएका हुन् ।

मोरङका एसपी राजकुमार लामिछानेले सहायक हबल्दार पूर्ण लिम्बुलाई घुमुवा खटाएर व्यापक तस्करी गराएको आरोप लागेको छ । तस्करीकै कारण सप्तरीमा एसी परिवर्तन भए पनि तिलाठी नाकाबाट हुने तस्करी रोकिएको छैन । बिओपी तिलाठी सप्तरीमा बरिष्ठ हबल्दार राजन खड्का घुमुवा छन् । पहिलेको घुमुवालाई भने बाहिनी तानिएको छ । तिलाठीबाट वीरेन्द्र मण्डलले माछा, विश्व मेहताले रक्सी, ललन मण्डलले बिडी र कपडाको तास्करी गरेको रिपोर्ट गृह मन्त्रालयमा पुगेको छ ।

यता, सिरहाको माडरबाट हुने मदिरा तस्करी झन् बढेको छ । नेपालबाट गएको तस्करीको गाडीले किचेर एसएसबीको जवान मारिदासमेत अझै एसपी रमेशकुमार थापाको संरक्षणमा तस्करी रोकिएको छैन । महोत्तरीको सम्सी नाका तस्करीको लागि कहलिएको छ । त्यहाँबाट इन्सपेक्टर जयराम बस्नेतले धन्दा जारी राखेका छन् ।

बारा र पर्साका एसपी छानबिनमा तानिंदा अहिले डिएसपीले हाइसन्चो ढंगले अनियमितता गरेको प्रहरी अधिकाीहरु बताउँछन् । बारामा डिएसपी अमर खत्रीले पहिले आफ्नै सिफारिसमा राखेका सइ होम खत्रीलाई अहिले पनि घुमुवामा निरन्तरता दिएका छन् । हाकिमलाई समेत सेटिङ मिलाएकाले केही बिओपी इन्चार्जहरु कारबाहीबाट जोगिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्