Logo
Logo

गगनको प्रस्तावकमा शेखर र समर्थकमा धनराज


11.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टी संसदीय दलको नेतामा गगन थापालाई उम्मेदवार बनाउने भएको छ ।

मंगलबार अपराह्न सिंहदरबार स्थित होटल बसेरामा बसेको इतर पक्षको बैठकले गगनलाई पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवार बनाउने निर्णय गरेकाे हाे । गगनको प्रस्तावकमा नेता शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ रहने भएका छन् ।

कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुँदैछ भने त्यसका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ । संसदीय दलको नेतामा संस्थापन पक्षबाट भने देउवा उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्