Logo
Logo

चीनमा उपचार गरेर स्वदेश फर्किए माओवादी नेता वर्षमान पुन


441
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन् ।

स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि पुन ३ सातापछि नेपाल फर्किएका हुन् । उनी चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । उनलाई माओवादी नेताहरु शालिकराम जमकट्टेल, विमला सुवेदी, युवराज दुलाल, सरल सहयात्री पौडेललगायतले विमानस्थलमा स्वागत गरेका छन् ।

वंशाणुगत जण्डिशबाट पीडित पुनलाई चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए। उनको सेन्जेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको थियो।

यसअघि गत वर्ष पनि रोगले च्यापेपछि उनको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो । पुनको उपचारमा डा चेन नेतृत्वको विशेषज्ञ टोली सहभागी थियो ।

प्रतिक्रिया दिनुहोस्