Logo
Logo

संसदीय दलको निर्वाचन : देउवा र गगन को बलियो ?


20.8k
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गरेका हुन् । सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का समर्थक बसेका छन् ।

त्यस्तै महामन्त्री थापाको उम्मेदवारीमा नेता शेखर कोइराला उनको प्रस्तावक बनेका छन् भने उनलाई उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गरेका छन् ।

कांग्रेसको गणित हेर्दा गगन थापाको पक्षमा ३८ जना सांसद देखिएका छन् । कांग्रेस संसदीय दलको चुनाव जित्न ४५ जनाको समर्थन चाहिन्छ । आफ्नो समूहको एक ढिक्का भोट र संस्थापन समूहबाट पनि केही भोट ल्याएर जित हासिल गर्ने अपेक्षामा गगन छन् । विशेषगरी युवा पुस्ताका सांसदहरूप्रति गगनलाई ठूलो भरोसा छ ।

गणित हेर्दा देउवा नै बलिया देखिन्छन् । एक नेताका अनुसार यदि शेखर समूह एक ढिक्का भएर गगन थापालाई भोट हाल्यो भने पनि उनले जित्न सहज छैन । तर, गोप्य मतदान भएकाले ‘जे पनि हुन सक्ने’ नेताहरू बताउँछन् ।

उमेर र राजनीतिक अनुभवले पाका नेताहरू गगनलाई प्रधानमन्त्रीको कुर्सीमा देख्न नचाहेको नेताहरु बताउँछन् । एक नेताका अनुसार देउवा पक्षका भनेर चिनिएका कतिपय सांसद गगनको सम्पर्कमा छन् र उनीहरुले गोप्य मतदानमा गगनलाई सघाउने आश्वासन दिएकाछन् । स्रोतका अनुसार प्रकाशमान सिंह निकट मानिएका राजेन्द्र केसी र सन्तोष चालिसेले गगनको पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्