Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

संसदीय दलको नेता चयनदेखि नेप्से बढेकोसम्म


378
Shares

१, नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाद्वारा उम्मेदवारी, देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावकमा नेता डा शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा ।


२, अध्यक्ष केपी शर्मा ओली नेकपा एमाले संसदीय दलको नेता निर्वाचित, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकद्वारा अध्यक्ष ओली दलको नेता चयन, पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुभास नेम्वाङको समर्थनमा अध्यक्ष ओेली संसदीय दलको नेतामा निर्विरोध ।


३, नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने, नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिने माओवादीका युवा नेता माधव सापकोटाद्वारा जानकारी, माओवादीको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुने दाबी ।


४, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्ने नसकेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा आलोचना, बुथ क्याप्चर भएको ठाउँमा पनि निर्वाचन नदोहो¥याएर निर्वाचन आयोगले आफ्नो कर्तव्यसमेत निर्वाह गर्न नसकेको आरोप, मरेका मान्छेले मत हाल्दा पनि निर्वाचन आयोगले पुनः निर्वाचन गराउन नदिएर लोकतन्त्र र प्रणालीलाई कमजोर बनाउने काममा साथ दिएको जिकिर ।


५, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रदेश इन्चार्ज र अध्यक्षहरुलाई ४ बुँदे सर्कुलर, सर्कुलरमा पार्टीका केन्द्रीय सदस्य बद्री बजगाईंलाई पार्टीले निलम्बन गरेको उल्लेख, यसबारेमा सत्य तथ्य बुझी आवश्यक छानविन गरी लिखित प्रतिवेदन १० दिनभित्र पेश गर्ने पनि अनुशासन आयोगलाई निर्देशन ।


६, संसदीय दलको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्न नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई अर्का उम्मेदवार तथा महामन्त्री गगन थापाको अग्रह, स्थायीत्व र रूपान्तरणको लागि महामन्त्री गगनलाई संसदीय दलको नेतामा प्रस्ताव गरेको डा. शेखर कोइरालाको भनाइ ।


७, सरकारद्वारा चार महत्त्वपूर्ण नीति पारित, गृहमन्त्री बालकृष्ण खाणको संयोजकत्वमा रहेको मन्त्रिपरिषद् सामाजिक समितिको मंगलबार बसेको बैठकद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेस गरेका दुई र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस गरेका दुई नीति पास ।


८, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लाग्यो, नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुग्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६८ अङ्कले उकालो लागेर तीन सय ६६ दशमलव ६५ मा पुग्यो ।


९, मोफसलकै चर्चित ‘आहारारा पोखरा’ गोल्डकपको २२ औं संस्करणमा खेल्ने १० टिमको टुंगो लाग्यो, प्रतियोगितामा ३ विभागीय, एउटा विदेशी क्लबसहित १० टिम सहभागी हुने, प्रतियोगितामा एपीएफ क्लब, मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बीवाईएससी, मछिन्द्र, नेपाल पुलिस क्लब, संकटा, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले भाग लिने ।


१०, उत्तर कोरियाद्वारा जापानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी, उत्तर कोरियाली विदेश मन्त्रालयले राष्ट्रिय सुरक्षा रणनीतिमार्फत जापानले आत्मरक्षाका निम्ति नभई अन्य देशमा हमला गर्न आफ्नो सैन्य शक्ति विस्तार गरेको टिप्पणी, अमेरिकाले जापानको सैन्य महत्वाकांक्षा बढाएर कोरियाली प्रायद्वीपको शान्तिलाई कमजोर पार्ने प्रयास गरेको आरोप ।

प्रतिक्रिया दिनुहोस्