Logo
Logo

कांग्रेस संसदीय दलको निर्वाचन : सिंहदरबारमा सुरक्षा व्यवस्था कडा


630
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनलाई लक्षित गर्दै सिंहदरबारमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मतदान सुरु हुनुअघि सांसदहरू सिंहदरबार प्रवेश गर्न थालेका छन् । प्रवेशद्वारबाट नै सुरक्षाकर्मीले कडा चेकजाँच गरिरहेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय बाहिरको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । बिहान ८ बजेदेखि सुरु हुने मतदानमा चेकजाँच गरेर मात्र सांसद्हरुलाई कार्यालयमा प्रवेश दिइएको छ ।

संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्