Logo
Logo

भोट हालेको फोटो खिच्ने ९ सांसदलाई गगनको चुनौती- छातीमा टाँस्नुस्, फेसबुकमा हाल्नुस्


16.8k
Shares

काठमाडौं । नेपाली काग्रेस संसदीय दलको नेता छान्न भएको मतदान सकिएको छ । अहिले भर्खरै सम्पन्न निर्वाचनमा केही सांसदहरूले नियमविपरित मतपत्रको फोटो खिचेका छन् ।

मतदानका लागि जाँदा निर्वाचन समितिले मतदातालाई मोबाइल लैजान निषेध गरेको थियाे । तर, मोबाइल लगेर यसरी फोटो खिच्नेमा संस्थापन अर्थात् देउवा पक्षका सांसद रहेका छन् ।

एकै समयमा मतदानका लागि गएका ९ जना महिला सांसदले मतपत्रको फोटो खिचेर कांग्रेस नेतृ आरजु राणालाई बुझाएका छन् । उनीहरुले देउवालाई नै मत हालेको प्रमाण देखाउन फोटो खिचेकाे संस्थापन इतरका उम्मेदवार गगन थापाले आरोप लगाए ।

उनले फोटो खिच्नेहरूलाई सामाजिक सञ्जालमा पोस्ट गर्न चुनौती समेत दिएका छन् । ‘हेर्दाहेर्दै मेरै आँखा अगाडि हामीले कराउँदा कराउँदै १०/११ जनाले मोबाइल निकालेर तस्बिर खिच्नुभयो । अन्तर पार्टी लोकतन्त्रको सुखद अभ्यासमा यो लाजमर्दो कुरा हो,’ उनले भने, ‘यो सांसदहरू आफैँले बुझ्नुपर्ने कुरा थियो । अब तस्बिर खिचिसकेपछि यसलाई सार्वजनिक गर्ने पनि हिम्मत राख्नुपर्‍यो नि । मेरो सुझाव छ, आज बेलुका आफ्नो सामाजिक सञ्जालमा फोटो पोस्ट गरेर देखाइदिनुस् । फोटो खिचेर लगेर कसैलाई देखाउनुभन्दा सांसद साथीहरूले सामाजिक सञ्जालमा नै राखिदिनु उचित हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्