Logo
Logo

मतपरिणाम अनपेक्षित तर स्वभाविक : गगन थापा


3.6k
Shares

काठमाडौं । संसदीय दलको नेतामा पराजित भएपछि नेपाली कांग्रसका महामन्त्री गगनकुमार थापाले परिणाम अनपेक्षित भएपनि स्वभाविक रहेको प्रतिक्रिया दिएका छन् ।

मतपरिणाम सर्वजनिक भएपछि प्रतिक्रिया दिँदै गगनले भने, ‘परिणाम अनपेक्षित आयो तर अस्वभाविक होइन, स्वभाविक छ । दलको नेता परिवर्तन हुन्छ भन्ने लागेको थियो तर त्यो सम्भव भएन । यस्तै हुने थियो भयो ।’

शेखर समूहबाट आधिकारीक उम्मेदवार बनेका गगनले उक्त समूहको ३१ मत पाउने अपेक्षा गरिएको थियो । त्यसमा प्रदीप पौडेलसमेत थपिएको अवस्थामा कम्तिमा ४० मत पाउने गगन आफैले अपेक्षा गरेका थिए । तर, उनले आफ्नै समूहको समेत मत पाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्