Logo
Logo

पर्यटकीय केन्द्र बन्दै पाँचपोखरी नागीथाम डाँडा


693
Shares

सिन्धुपाल्चोक । जिल्लाको पाचँपोखरी थाङपाल गाउँपालिका–४ मा अवस्थित सुन्दर नागीथाम डाडाँ अहिले पर्यटकीय गन्तव्यका बनेको छ । बाह्रैमास फरफराइ रहेको लुङदार र पञ्चरङ्गी तोरणले नागीथाम डाडाँको शोभा बढाएको हो ।

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले पेमाछल उद्यान केन्द्रको रुपमा विकास गर्दै लगेको छ । अहिले गाउँपालिकाले प्रारम्भिक चरणमा ध्यान केन्द्र, तारा महल र अष्टमणिको चैत्य निर्माणकार्य सम्पन्न गरेको छ । गत महिना त्यहाँ निर्माण गरिएको तारा महल र अष्टमणि चैत्यको उद्घाटन गरिएको छ ।

यस क्षेत्रको विकास गर्न योजना सहित काम भइरहेको गाउँपालिका अध्यक्ष टासी लामाले बताए । उक्त स्थानमा बौद्ध शिक्षासम्बन्धी अध्यापनको अवधारणा पनि रहेको अध्यक्ष लामाले बताए । यस अवधारणालाई मूर्तरुप दिन देश तथा विदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय संस्थासँग सहयोग र समन्वयका लागि लामाले अपिल गरेका छन् ।

साहसिक खेल प्याराग्लाइडिङको पनि सफल परीक्षण भइसकेको नागीडाँडामा अन्य थुप्रै सम्भावना छन् । यो स्थान समुद्री सतहदेखि दुई हजार चार सय ८० मिटर उचाइमा रहेको छ । यहाँबाट पश्चिममा जुगल हिमशृङ्खलाको मनमोहक दृश्यको अवलोकन गर्न र थाङ्पाल उपत्यका सुन्दर गाउँ रहेको छ । मुख्यतः यहाँ जाडोयाममा पर्ने हिउँसँग रमाउनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । पर्यटकलाई मनोरञ्जन र खर्च गर्नका लागि अन्य संरचनाको साथै पर्याप्त होटल र होमस्टेको सुविधा आवश्यक रहेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्