Logo
Logo

नेपाललाई भेट्न देउवा र प्रचण्ड सँगै अस्पताल पुगे


3.5k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै अस्पताल पुगेका छन् ।

रूघाखोकी र छातिमा संक्रमण देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भइ स्वास्थ्य उपचार गराइरहेका अध्यक्ष नेपाललाई बुधबार प्रधानमन्त्री देउवा र प्रचण्डले भेटेर स्वास्थ्य लाभको कामना गरेका हुन् । साथै, उनीहरुले अध्यक्ष नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । नेपाली कांग्रेसको संसदीय नेता चुनिएलगत्तै देउवा अस्पताल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्