Logo
Logo

ओली, प्रचण्ड र झलनाथको जम्काभेट


5.9k
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच जम्काभेट भएको छ ।

मंसिर ४ को निर्वाचनबाट प्रतिनिधिसभामा विजयी सबैभन्दा ज्येष्ठ उमेरका सांसद पशुपति शमशेर जबराले शपथ लिँदा उनीहरुको जम्काभेट भएको हो ।

तत्कालीन नेकपा खारेज भएदेखि संवादहीन अवस्थामा रहेका यी नेताहरू एक आपसमा भलाकुसारीसमेत भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जबरालाई पद तथा गोपनीयताको शपथ खुवाउने क्रममा ओली, प्रचण्ड र अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई लहरै राखिएको थियो । उक्त तस्वीरहरु एमाले अध्यक्ष ओलीको सचिवालयले सार्वजनिक गरेको छ ।

अघिल्लो सिटमा लहरै बसेका ओली र प्रचण्डबीच जबराको शपथका क्रममा कुराकानीसमेत भएको छ । तत्कालीन नेकपा खारेज भएदेखि संवादहीन अवस्थामा रहेका खनालसँग पनि ओलीले कुरा गरेका छन् । तर उनीहरुबीच भएको कुराकानीबारे केही पनि बाहिर आएको छैन ।

प्रतिक्रिया दिनुहोस्