Logo
Logo

क-कसले लिँदैछन् मातृभाषामा शपथ ? (सूची)


2.6k
Shares

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण आज हुँदैछ । संसद सचिवालयले बिहीबार दिउँसो १ बजेका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा शपथ खुवाउन लागेको हो ।

नवनिर्वाचित सांसदहरुलाई जेष्ठ सदस्य पशुपतिशमशेर जवराले शपथ खुवाउनेछन् । जबराले भने बुधबार नै राष्ट्रपतिबाट शपथग्रहण गरिसकेका छन् ।

शपथ ग्रहण गर्ने प्रत्यक्षतर्फका १६५ र समानुपातिकका १०९ गरी २७४ प्रतिनिधिसभा सांसदमध्ये २६ जनाले आ-आफ्नै मातृ भाषामा शपथ लिनेछन् । आज हुने शपथग्रहण समारोहका लागि उनीहरूले यसअघि नै आफूले शपथ ग्रहण गर्न चाहेको मातृभाषा उल्लेख गराएका थिए ।

उर्दु, तामाङ, भोजपुरी, अवधि, थारु, मैथली लगायत मातृभाषामा उनीहरूले शपथ ग्रहण गर्ने भएका हुन् । जसअनुसार भोजपुरीमा तीन जना सांसदले शपथ लिने भएका छन् । यस्तै, तीन जनाले तामाङ भाषामा शपथ लिनेछन् ।

मैथली भाषामा तीन जनाले शपथ लिने छन् । सन्याली, नेपाल भाषा, कोयू भाषा लगायत अल्पसंख्यक समुदायले बोल्ने भाषामा पनि एक/एक जना सांसदले शपथ लिने भएका छन् । साथै, एक/एक जना सांसदले हिन्दी र संस्कृत भाषामा पनि शपथ लिने भएका छन् ।

क-कसले लिँदैछन् मातृ भाषामा शपथ ?

सराज अहमद फारुकी – उर्दु भाषा

हितबहादुर तामाङ – तामाङ भाषा

प्रदीप यादव – भोजपुरी भाषा

रुपा सोसी चौधरी – थारु भाषा

दुर्गा राई – कोइ/कोयू भाषा

रामसहाय प्रसाद यादव – भोजपुरी भाषा

रन्जु कुमारी झा – मैथली भाषा

कान्तिका सेजुवाल – नेपाली खस भाषा

अरुण कुमार चौधरी – थारु भाषा

गंगाराम चौधरी डगौरा – थारु भाषा

लालवीर चौधरी – थारु भाषा

विनिता कुमारी सिंह – मधेसी भाषा

चन्द्रकान्त राउत – मधेसी भाषा

अनिता देवी – मधेसी भाषा

सोनु मुर्मु – सन्याली भाषा

सुमना श्रेष्ठ – नेपाल भाषा

मनिष झा – मैथली भाषा

लक्ष्मी तिवारी – अवधि भाषा

अशोक कुमार चौधरी – थारु भाषा

मिना तामाङ – तामाङ भाषा

असिम साह – नेपाली/मुस्लिम भाषा

सूर्यमान तामाङ दोङ – तामाङ भाषा

महिन्द्रराय यादव – हिन्दी भाषा

उमरादेवी यादव – भोजपुरी भाषा

किरण कुमार साह – संस्कृत भाषा

प्रतिक्रिया दिनुहोस्