Logo
Logo

विङ्गर ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु


441
Shares

जनकपुरधाम । धनुषामा विङ्गर गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दर्घटनामा परी मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको प्रहरलिे जनाएको छ ।

दुर्घटनामा धनुषाको शहीदनगर नगरपालिका–५ धवौली बस्ने २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार साँझ ७ बजेको समयमा धनुषाको सबैला नगरपालिका १० सिमरारी र शहीदनगर नगरपालिकाको हौवाहीको बीच खण्डमा ना.५ ज.८४४० नम्बरको विङ्गर गाडी र ज. ११ प ५४७३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।

एक युवकको घटनास्थलमै र अर्काको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

दुवैजनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्