Logo
Logo

जुम्लाको तापक्रम माइनस ६.१ डिग्री, काठमाडौंको कति ?


567
Shares

काठमाडौं । जुम्लाको न्यूनतम तापक्रम माइनस ६.१ डिग्री सेल्सियस मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान पौने ९ बजेको तापक्रम माइनस ६.१ डिग्री सेल्सियस रहेको जनाएको हो ।

महाशाखाका अनुसार यस दिन काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको छ । गएको मंसिर २६ गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रप यो वर्ष अहिलेसम्मकै कम ५.४ डिग्री सेल्सियस थियो ।

आज डडेलधुराको न्यूनतम तापक्रम ४.२, वीरेन्द्रनगरको ५.२, ताप्लेजुङको ६.५, दिपायलको ६.५, ओखलढुंगाको न्यूनतम तापक्रम ८.३ डिग्री सेल्सियस छ ।

कहाँकाे तापक्रम कति ?

प्रतिक्रिया दिनुहोस्