Logo
Logo

कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराज आजै रिहा हुँदै


2k
Shares

काठमाडौं । कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराज आजै जेलमुक्त हुने भएका छन् । अमेरिकी नागरिकसहितको हत्यामा मुछिएर जेल सजाय भोगिरहेका कुख्यात फ्रान्सेली नागरिक शोभराज केन्द्रीय कारागार सुन्धाराबाट रिहा हुने भएका हुन् ।

बुधबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई जेलमुक्त गर्न मात्रै होइन १५ दिनभित्र स्वदेश फ्रान्स पु¥याउन आदेश दिएको थियो ।

सर्वोच्चको आदेशअनुसार बिहीबार काठमाडौं र भक्तपुर जिल्ला अदालतबाट शोभराजले सजाय कटाइसकेको पत्र केन्द्रीय कारागारमा पठाएका थिए । काठमाडौं अदातले युनुसमाथिको गोलीकाण्डमा सजाय भोगिसकेको पत्र पनि पठाइदिएपछि शोभराज रिहाइ हुन लागेका हुन् ।

उनलाई जेलबाट सिधै अध्यागमन विभागमा लगेर बुझाइँदैछ । त्यहाँबाट उनलाई अध्यागमन विभागले फ्रान्सतर्फ डिपोर्ट गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्