Logo
Logo

बालुवाटारमा देउवा, प्रचण्ड र मधवबीच छलफल


9.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् । सरकार गठनबारे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलका लागि दुई पार्टीका अध्यक्ष बालुवाटार पुगेका हुन् ।

बिहीबार संसदीय दलको नेता चुनिएलगतै माओवादी केन्द्रका प्रचण्ड बालुवाटार पुगेका थिए । प्रचण्ड बालुवाटार पुगेको केही समयपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि थपिएका हुन् । अहिले देउवा, दाहाल र नेपालबीच सरकार गठन लगायतका विषयमा छलफल भइरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनको दाबी पेश गर्न पुस १० गते आइतबार बेलुकी ५ बजेसम्मको समय दिएका छन् । सत्ता गठबन्धन दलहरू भने संघदेखि प्रदेशसम्मकै शक्ति बाँडफाँडको छलफलमा जुटेका छन् । ०००

प्रतिक्रिया दिनुहोस्