Logo
Logo

एमाले र काँग्रेसको सरकार उपयुक्त : सूर्य थापा


882
Shares

काठमाडौं । नेकपा (एमाले) का सांसद सूर्य थापाले अहिले काँग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका छन् ।

मुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि पनि दुई ठुला दलहरु काँग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने आफूलाई लागेको उनको तर्क छ । बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहण गरे लगत्तै सांसद थापाले सञ्चारकर्मीमाझ सरकार कसको नेतृत्वमा बन्छ ? भनेर भन्न सकिने अवस्था नरहेको बताए ।

उनले भने, ‘सरकारको नेतृत्वमा को आउनु हुन्छ ? काँग्रेस आउनु हुन्छ कि माओवादी केन्द्रको आउनु हुन्छ कि । अव ठुला शक्ति भएको हुनाले नेपाली काँग्रेस र एमाले मिलेर अगाडि जाँदा अलि दीर्घकालीन स्थायित्वका निम्ति पनि हितकर हुन्छ भन्ने मेरो अडान रहँदै आएको छ ।’

सांसद थापाले मुलुकको दीर्घकालीन हित केन्द्रित भएर राजनीतिक दलहरु अघि बढ्नुपर्ने धारणा समेत राखे । उनी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गर्दै प्युठानबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्