Logo
Logo

आज रिहा हुँदै विश्व कुख्यात अपराधि चार्ल्स शोभराज


945
Shares

काठमाडौं । विश्व कुख्यात अपराधी चार्ल्स सोभराज आज रिहा हुँदैछन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार सुनधारस्थित केन्द्रीय कारागारमा रहेका उनी आज जेलमुक्त हुने भएका हुन् ।

उनी हिजै रिहा हुने भनिएपनि स्वदेश फिर्तीका लागि अझै केहि प्रकिया पूरा गर्न बाँकी रहेकाले उनलाई आज रिहा गरिने भएको हो । सर्वोच्चले शोभराजलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ । सोहीअनुसार अध्यागमन विभागले उनको स्वदेश फिर्तीको तयारी गरिरहेको छ ।

बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै उनलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकेको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्