Logo
Logo

धादिङको महेन्द्रोदय माविका बिद्यार्थीलाई न्यानो कपडा


2.6k
Shares

काठमाडौं । लाफा रुङ फाउण्डेसन र लाफा ग्रुप प्रा.लि.का अध्यक्ष एवं समाजसेवी चन्द्रज्योती लाफा मगरको नीजि सहयोगमा धादिङको एक विद्यालयलाई न्यानो कपडा वितरण गरिएको छ ।

चिसो बढेसँदै उत्तरी धादिङको हिमाली क्षेत्रमा पर्ने त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–३ स्थित महेन्द्रोदय माध्यामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीका लागि फाउण्डेशन र बरिष्ठ गायिकासमेत रहेकी समाजसेवी चन्द्रज्योतीले न्यानो लत्ताकपडा उपलब्ध गराएको हो ।

न्यानो कपडा वितरण गर्दै, दायाँ तस्बिरमा समाजसेवी चन्द्रज्योती आले मगर

काठमाडौंको नक्सालस्थित केन्द्रिय कार्यालय रहेको फाउन्डेसन र चन्द्रज्योती आले मगरको उक्त सहयोग पुस ५ गते त्रिपुरासुन्दरी–३ का वडाअध्यक्ष कमलबहादुर थापा, विद्यालय सञ्चालक समितिका अध्यक्ष रमेश सारु मगर र शि.अ.संघका अध्यक्ष शम्भु बानियाँको उपस्तिथिमा न्यानो कपडा हस्तान्तरण गरिएको थियो ।

न्यानो कपडा पाएपछि विद्यालयका विद्यार्थी

विद्यालयका शिक्षक बिकाश श्रेष्ठ र गायक तथा नायक देबराज आले मगरको समन्वयमा फाउण्डेशन र चन्द्रज्योतीले ज्याकेट, ट्राउजरलगायतका न्यानो कपडा उपलब्ध गराएको हो ।
हिमाली क्षेत्रमा पर्ने उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई चिसोमा राहत होस् भनेर न्यानो कपडा प्रदान गरेको अध्यक्ष चन्द्रज्योतीले बताइन् ।
यस्तै, फाउण्डेशनका अध्यक्ष लंकमान रोक्का मगरले सामाजिक दायित्व पूरा गर्न न्यानो लत्ता कपडा हस्तान्तरण गरेको बताए । फाउण्डेशनले स्थापनाकालदेखि नै विभिन्न सामाजिक क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्