Logo
Logo

एकैदिन १२ सय रुपैयाँले घट्यो सुनको मूल्य


630
Shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार दुई सय रुपैयाँले सुन ओरालो लागेको हो ।

हिजो प्रतितोला एक लाख एक हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख तीन सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन मूल्य एक लाख एक हजार थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ ले घटेर प्रतितोला एक हजार तीन सय ९० कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९४ दशमलव आठ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्