Logo
Logo

सातै प्रदेशका मुख्यमन्त्री देउखुरीमा भेला हुँदै


630
Shares

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्री लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा भेला हुने भएका छन् ।

मुख्यमन्त्री सम्मेलनमा सहभागी हुन पुष १५ गते सातै प्रदेशका मुख्यमन्त्री हालै कार्यान्वयनमा आएको प्रदेशको स्थायी राजधानीमा देउखुरीमा भेला हुने भएका हुन् ।

अहिले मुख्यमन्त्री सम्मेलनको तयारी भइरहेको र १५ गतेको मिति लगभग टुंगो लागेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता तथा सचिव नरेन्द्रकुमार रानाले जानकारी दिए । गत मंसिर ४ गते भएको संसदीय निर्वाचनबाट संघ र प्रदेशमा नयाँ जनप्रतिनिधि चुनिएर आइसकेका छन् ।

दुवै तहमा नयाँ सरकार गठन गर्ने तयारी भइरहेको छ । यो अवस्थामा गत ५ वर्षे कार्यकालमा प्रदेश सरकारहरूको समीक्षा र आगामी नयाँ सरकारलाई सुझाव दिन पनि सम्मेलन आयोजना गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्