Logo
Logo

एकीकृत समाजवादीका केन्द्रीय सदस्य युमनाको निधन


1.8k
Shares

रूपन्देही । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सहइन्चार्ज यमुना भुसालको निधन भएको छ । लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लागेकी नेतृ भुसालको काठमाडौं न्यूरो अस्पतालमा उपचारका क्रममा बिहीबार राति उनको निधन भएको उनको परिवारले जनाएको हो ।

यमुना हाँक साप्ताहिकका संस्थापक प्रधान सम्पादक/प्रकाशक शोभाकर धनञ्जय भुसाल (सहिद सरोज शर्मा)की बहिनीसमेत हुन् । नेकपा एमाले विभाजन भएसँगै यमुना माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्