काठमाडौं । सत्ता गठबन्धनका दलहरुको बैठक आज (शुक्रबार) पनि बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेपछि बस्ने बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेता सहभागी हुने छन् ।
उक्त बैठकमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका शीर्ष पद बाँडफाँटका बारेमा निर्णायक छलफल हुने नेताहरुले बताएका छन् ।