Logo
Logo

चार्ल्स शोभराज ‘डिपोर्ट’, १० वर्ष नेपाल आउन नपाउने


12.9k
Shares

काठमाडौं । कुख्यात बिकिनी किलर चार्ल्स शोभराजलाई नेपालबाट निकाला ‘डिपोर्ट’ गरिएको छ । उनलाई अध्यागमन विभागले डिपोर्ट गरेको हो ।

अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शन कुमारीका अनुसार शोभराजलाई १० वर्ष नेपाल प्रवेश गर्न नपाउने निर्णय गरिएको छ ।

अध्यागमन स्रोतका अनुसार शोभराजलाई आज साँझ ६ बजे कतार एयरलाइन्सको उडानमार्फत फ्रान्स पठाइने छ । शोभराजलाई अध्यागमन विभागबाट कडा सुरक्षाका साथ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लगिएको छ ।

कर्तव्य ज्यानको कसुरमा केन्द्रीय कारागारमा १९ वर्ष २ महिना जेल बसेर उनी शुक्रबार रिहा भएका थिए ।
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै शोभराजलाई जेलमुक्त गर्न आदेश दिएको थियो ।

सर्वोच्चले शोभराजलाई जेलमुक्त गरी १५ दिनभित्र स्वदेश ९फ्रान्स० पठाउनसमेत सरकारका नाममा आदेश जारी गरेको थियो । सोहीअनुसार उनलाई डिपोर्ट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्